Home » » ''कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरिएकोछ'

''कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरिएकोछ'

(Watch Video Clip- पुरा भिडियो हेर्न माथि youtube boxमा किलिक गर्नु होस् )

कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित तथ विश्व प्रसिद्द् प्राचीन कामशास्त्र (Sexology) हो| महर्षि वात्स्यायनको कामसूत्र विश्वको प्रथम यौन 'संहितामानिएको छ|
सात भाग(अधिकरण),३६ अध्याय, ६४ प्रकरणमा बाडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समान रूपमा अध्ययन र मनन गर्नु पर्ने बताईएको छ| गुप्ताङको आधारमा स्त्रि पुरुषको बर्गिकरण, स्त्री/पुरुषमा हुनु पर्ने ६४ कला, वर्जित संवन्ध, स्वीकृत संवन्ध देखि काम समयमा अपनाउनु पर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्व का सवैजसो भाषामा अनुवाद, नक्कल वा उद्दरण गरिएको पाइन्छ| कामसूत्रको ७ भागहरू देहाय वमोजिम रहेका छन|
कामदेव र रति
१ सामान्य परिचय
२ इच्छा तथा मिलन
३ पत्नि /विवाह
४ पति पत्निको कर्तव्य
५ परस्त्री संवन्ध
६ सेवक सेविका संवन्ध
७ व्यतित्व परिमार्जन
स्त्री /पुरुषको रूप, अङ्ग, श्रृगार, व्यवहार ,व्यक्तित्व , स्त्री पुरुषको संवन्ध र रतिराग का बिषयमा विवेचना गरिएको यस ग्रन्थको प्रभाव भारतीय कला, शिल्पकला एवं साहित्यमा पनि देखिन्छ। राजस्थान का दुर्लभ यौन चित्रकारी तथा खाजुराह, कोणार्क आदि का जीवन्त शिल्पकला पनि कामसूत्र वाट प्रभावित छ। रीतिकालीन कवि हरूले कामसूत्रको मनमोहक झांकि प्रस्तुत गरेका छन | गीत गोविन्द का गायक जयदेवले लघु पुस्तिका ‘रतिमंजरी’मा कामसूत्र का सार संक्षेप प्रस्तुत गरेका छन |
महर्षि वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण गरेका छन्, ती हुन् :
पद्मिनी: यस वर्गका स्त्रीको शरीर न धेरै अग्लो न धेरै होचो अर्थात् ठिक्कको हुन्छ। स्त्रीमध्ये यी सर्वश्रेष्ठ वर्गमा पर्छन्। यिनका आँखा हरिणका जस्ता, तिलको फूलजस्तो सलक्क परेको स-साना पोहरा भएका नाक हुन्छन्। मुहार पूर्णिमाको चन्द्रमाको जस्तो चम्किलो र बोली विनम्र हुन्छ। यिनको पुष्ट र ठाडा स्तन, केशराशि कालो र चिल्लो हुन्छ अनि शरीरबाट कमलको सुगन्ध आउँछ। यिनको कम्मर सिंहको जस्तो खिरिलो, कमलको फूलको नालजस्ता पातला लामा औँला भएका, झन्डै घुँडासम्म छोइने सिलिक्क परेको हात, हात्तीको सूँडजस्ता तिघ्रा, गुलाफी ओठ, धनुषजस्तो आँखीभौँ अनि राजहंशजस्तो लचकदार चाल हुन्छ।''
चित्रिणी: यस वर्गमा पर्ने नारीका सबै अङ्ग सुन्दर हुन्छन्। यिनको उचाइ, मोटाइ, स्तर, केशराशि र नाक-नक्सा पनि पद्मिनी वर्गकै स्त्रीको जस्तो हुन्छ। तर, यिनका आँखा ठूला रमादकतापूर्ण हुन्छन्। शरीरको रङ सुनझैँ पहेँला, मोटा तिघ्रा र छरितो शरीर हुन्छ। यिनको शरीरबाट महको सुगन्ध आउँछ।'
शङ्खिनी: यस वर्गका स्त्री पनि पद्मिनी वर्गका जस्तै मृगनयनी हुन्छन्। तर, आँखा पद्मिनीभन्दा केही ठूला र हेर्दा शीतल दिने खालका हुन्छन्। यिनका वक्ष कठोर र ठूला हुन्छन्। अनि, शरीरबाट खरानीको गन्ध आउँछ। यिनको घाँटीमा तीनवटा रेखा हुन्छन्। यी मृदुभाषी र निर्भयी हुन्छन्। यिनीहरू मोटा, अग्ला र फराकिलो नितम्ब भएका हुन्छन्।'
हस्तिनी: यी शारीरकि रूपमा मोटा र अग्ला हुन्छन्। रक्तिम आँखा भएका, केशराशि ठाडा, खस्रा, मोटा, कैला र हाँगा फाटेका हुन्छन्। यिनको नाकको पोहरा ठूल्ठूला मोटा नितम्ब, डल्ला तिघ्रा, काँध साना र मोटा हुन्छन् भने यिनको शरीरबाट मदिराको गन्ध आउँछ। भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस '
Share this video :

0 comments :

Post a Comment

 

Copyright © 2013. Adult jucktion - All Rights Reserved
Designed by Sunil
Proudly powered by Blogger